रसुवामा पहिरोबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, गम्भीर घाइते ५ जनालाई काठमाडौं ल्याइयो

काठमाडौं, साउन १० । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । भने पहिरो परी एक जना अझै बेपत्ता रहेका छन् । बेपत्ताको खोजी भइरहेको बताइएको छ ।

पहिरोमा परी गोसाइकुण्ड गाउँपालिका –१ थुमनका मिङ्मार गुम्बु तामाङ, गाउँपालिका–२ टिमुरेका दोर्जे वाङजु घले, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का श्याम श्रेष्ठ, बिक्रम श्रेष्ठ र मंगले तामाङ, भोटेकोशी–४ का रेशम खड्का, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।

पहिरोमा परी घाइते भएका १२ जना मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य घाइते स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका बताइएको छ ।

पहिरोमा परि टिमुरेमा रहेको अस्थायी प्रहरी बिट, दुईवटा टहरा र एउटा होटेल पुरिएको छ । साथै पहिरोले दुईवटा कन्टेनर र एउटा ट्रकमा पनि क्षति पुर्याएको बताइएको छ ।

स्थानीय प्रशासनले मृतकका परिवारलाई तत्काल नगद एक लाख राहत उपलब्ध गराउने बताएको छ । र्नुभएको छ ।

कमेन्ट गर्नुहोस्