इमरान खानको घोषणा– विकास र सुशासनको चिनियाँ माेडल अपनाउने, भारतलाई सशंकित नहुन आग्रह (भिडियोसहित)

इस्लामाबाद, बिरासतमुखी राजनीतिको इतिहासलाई उल्ट्याउँदै पाकिस्तानी संसदमा बहुमत ल्याउन सफल तहरीक(ए(इंसाफ ९पीटीआई० का अध्यक्ष इमरान खानले विकास र सुशासनको चिनियाँ मोडल अपनाउने सार्वजनिक घोषणा गरेका छन् ।

सबै क्षेत्रको औपचारिक निर्वाचन परिणाम सार्वजनिक नभएपनि बहुमत भन्दा २२ सीट मात्रै पछाडि रहेका इमरान खानले आज दिउँसो पत्रकार सम्मेलन गर्दै भावी सरकारको नीतिबारे स्पष्ट पारेका हुन । सरकार बनाउन १३७ सीट आवश्यक पर्छ । इमरानको पार्टीले अहिलेसम्म घोषित नतिजा अनुसार ११५ सीटमा जीत हात पारेको छ ।

पाकिस्तानका गरिब, युवा, महिला, बेरोजगार जनताका पक्षमा शासन चलाउने दावी गर्दै इमरान खानले एउटा नयाँ पाकिस्तानको परिकल्पना गरे । उनले लामो भाषण गर्दै पाकिस्तानमा भ्रष्टाचारका कारण लगानी र विकास हुन नसकेको भन्दै भ्रष्टाचारलाई जरैदेखि उखेल्ने बताए ।
“चीन हाम्रो छिमेकी देश हो । चीनले हामीलाई एउटा मौका दिए हामी त्यसको उपयोग गर्नेछौं ।” उनले भने, “गरिबी मेटाउन चिनियाँ मोडलको खोजी गर्ने हाम्रो कोशीस हुने छ । यसका साथै चीनले भ्रष्टाचारलाई पनि समाप्त पारेको छ । हामी यो सन्दर्भममा पनि सिक्नेछौं ।”

याे पनि पढ्नुस  पाकिस्तानका प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

इमरान खानलाई नकारात्मकरुपमा चित्रण गर्दै आएको भारतीय मिडियालाई लक्षित गर्दै इमरान खानले आफूलाई वलिउडको भिलेनजस्तै बनाएकोमा दुख व्यक्त गरे । “हिन्दुस्तान… मलाई अपशोच छ कि त्यहाँको मिडियाले मलाई भिलेन जस्तै देखायो.. यदि हिन्दुस्तान र पाकिस्तानको सम्बन्ध राम्रो भए यो दुबै देशका लागि हितकर हुने छ ।” उनले भने, “म त्यस्तो पाकिस्तानी हुँ जो क्रिकेटका कारण पुरै हिन्दुस्तान घुमेको छ, कश्मिरमा विगत तीसवर्षदेखि आम जनताको मानवाधिकार हनन भइरहेको छ । हाम्रो कोशिस भारत र पाकिस्ता एउटै टेबलमा बसेर समस्याको हल निकाल्ने हुने छ ।”

आरोप प्रत्यारोपको खेल अन्त्य गर्न उनले भारतलाई आग्रह गरे । “तपाई एक पाईला चाल्नुभयो भने हामी दुई पाइला चाल्नेछौं । एशिकाका लागि पनि हाम्रो मित्रता जरुरी छ । हरेक कुरा छलफलबाट हल हुनुपर्छ” उनले भने ।

याे पनि पढ्नुस  हामी लड्दालड्दै मर्न डराउँँदैनौं- पकिस्तानी प्रधानमन्त्री

इमरान खानलाई पूर्वप्रेमिकाको पहिलो बधाई, जनताको विश्वासकाे सम्मान गर्न आग्रह

इमरान खानले अफगानिस्तानका जनताले निकै बढी कष्ट झेलिरहेको बताउँदै त्यहाँ शान्ति ल्याउन आफूले कोशीस गर्ने बताए । दुबै देशको सीमा खुला राख्ने उनले चाहना व्यक्त गरे । अमेरिकाकासँग समेत सम्बन्ध सुधार्ने बताउँदै खानले दुबै देशबीच सन्तुलित सम्बनधमा जोड दिए ।

मैले देखेको पाकिस्तानको सपना भन्दै इमरान खानले आफूले नयाँ पाकिस्तानको निर्माण गर्न खोजेको बताए । पाकिस्तानको रक्षा पाकिस्तानकै जनताले गर्ने बताउँदै इमरान खानले जनताबाट उठेको करबाट मोजमस्ती गर्ने चलनका अन्त्य गर्ने घोषणा गरे । पाकिस्तानको राजनीतिक प्रणाली भ्रष्ट भएको कारण लगानी हुन नसकेको बताउँदै उनले करबाट प्राप्त रकमको सुरक्षा गर्ने, उत्पादन बढाउन किसानहरलाई सहयोग गर्ने, लघुउद्यमीहरुलाई राहत दिने, रोजगारी बढाउने, महिलाहरुको सशक्तिकरण र स्वास्थ्यक्षेत्रमा सुधार गर्ने समेत पत्रकार सम्मेलनमा बताए ।

कमजोर वर्गका लागि नीति बनाउने उनले घोषणा गरे । किसानहरुलाई खान नपुगेको, मजदूरहरु समस्यामा परेको बताउँदै इमरान खानले जसको लट्ठी उसको भैसी जस्तो भएको देशलाई पहिलोपटक जनताका पक्षमा, आम जनताका पक्षमा काम गर्ने सरकार पाइने दावी गरे । उनले भने, “कमजोर वर्गका लागि हामी नीति बनाउने छौं । बालबालिका कुपोषणदेखि सफा पानी खान नपाएर मरिरहेका छन् । हाम्रा सबै नीतिहरु मानव विकास गर्ने दिशामा निर्माण हुने छ । एउटा देशका पहिचान त्यहाँका धनीहरुको अवस्था के छ भन्ने आधारमा चिनिँदैन बरु त्यहाँका गरिब, कमजोर जनताको अवस्था के छ भन्ने कुराले हुन्छ । त्यसैले हाम्रो जोड आज गरिब मजदूरका पक्षमा काम गर्ने रहने छ ।”

याे पनि पढ्नुस  ELECTION UPDATE: यस्ताे छ नतिजा

२२ वर्ष अघि सन् १९९६ मा नयाँ राजनीतिक पार्टी स्थापना गरेका इमरान खानको विजयलाई भारतीय पक्षले भने शंकाको दृष्टिले हेर्दै आएको छ । इमरान खानलाई पाकिस्तानी सेनाको साथ रहेको चर्चा भारतीय मिडियाले गरेका छन् ।

भिडियो सौजन्यः डेलि अपडेट

कमेन्ट गर्नुहोस्