नेपाली दूतावास मलेशियामा स्वयंसेवक भाषा अनुवादककाे माग

मलेशिया,साउन १० । नेपाली दूतावास मलेशियाले मलेशियाका विभिन्न सहरमा कार्यरत नेपालीलाई कानुनी सहायता पुर्याउने उदेश्यसहित नेपाली,अङ्ग्रेजी, मले भाषा अनुवादक माग गरेको छ।

बिहीवार एक सूचना जारी गर्दै दूतावासले मलेशियामा कार्यरत नेपालीमाथि विभिन्न समयमा देखा पर्ने कानुनी समस्यामा भाषा नजानेकै कारण धेरै नेपालीले बिना कसुर सजाय भोग्नुपरेको भन्दै स्वयंसेवकका रूपमा अनुवादक नियुक्ति गरि कानुनी समस्या समाधानमा सहयोग पुर्याउने जानकारी दिएको छ।

दूतावास द्वारा जारी सूचनामा यस्ता अनुवादक मलेशियन वा नेपाली नागरिक बाट नियुक्ति गरिने साथै अङ्ग्रेजी नेपालि र मले भाषा राम्रो सङ बोल्न र उल्था गर्न सक्ने ब्यक्ति हुनुपर्ने उल्लेख गरिएको छ।

विशेषगरी दूतावास बाट टाढा रहेका सहर जोहोर बारु पेनाङ लगायतका छेत्रमा समस्यामा परेका नेपाली माथी कानुनी सहयोग पुर्याउन यस्ता स्वयंसेवक नियुक्ति गर्न लागिएको दूतावास स्रोतले जानकारी दिएको छ।

इच्छुक ब्यक्तिले दूतावासको कार्यलयमा वा इमेल मार्फत आफ्नो दर्खास्त दिन सक्ने छन।

कमेन्ट गर्नुहोस्