२२ बुँदे सहमतिपछि डा. केसीको अनशन तोडियो

२७ दिनदेखि अनसन बस्दै आएका डा. गोविन्द केसीले विहिबार राति अनसन तोडेका छन् । २२ बुँदे सहमतिमा अनसन तोड्ने सहमति भएको हो ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अनशनरत डा गोविन्द केसीको वार्ता टोलीसँग सहमति जुटेकोसँगै बार्ता टुङ्गिएको हो । जुम्लामा गएर अनसन बसेका डा. केसीको स्वास्थ्यामा समस्या आएपछि उपचारार्थका लागि काठमाडौं ल्याएर टिचिङ अस्पतालमा राखेको थियो ।

तस्बिर : नयाँ पत्रिकाकाे फेसबुक लाइभबाट ।

कमेन्ट गर्नुहोस्