१० वर्षसम्म उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने, यस्तो छ सहमतिको पूर्ण पाठ

 सरकारसँग सहमतिपछि डा. गोविन्द केसीको २७ दिनदेखिको अनशन तोडिएको छ । बिहीबारको करिब ९ घण्टाको वार्ता सहमतिमा पुगेपछि डा. केसीलाई नेकपा नेता सुवास नेम्वाङ र प्रा.केदारभक्त माथेमाले स‌ंयुक्त रुपमा जुस खुवाएर अनशन ताेडाएका  हुन् । जुस खुवाउँदै नेम्वाङले अब यस्ताे अनसन कसैले बस्न नपराेस भने । 

१० वर्षसम्म उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने भन्ने विषयमा  सहमति भएपछि सरकार र डा केसी पक्षबीच ९ बुँदे सहमति भएको हो।  सरकारले डा केसीको मागअनुसार नयाँ मेडिकल कलेज नखोल्न तयार भएपछि सहमति हो।

सहमतिसँगै सरकारले चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव संसदमा लैजाने छ। आफ्नो मुख्य माग पूरा भएपछि डा केसीले अनशन तोडेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिअनुसार काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने र खोलिसकेको अर्थात पूर्वाधार पुरा गरेको हकमा सम्बन्धित धनीले बेच्न चाँहेमा सरकारले किन्ने छ। त्यस्तै, बाहिर जिल्लामा जान चाह्यो भने सहुलियत दिनेछ।

Feature photo: File Image

यस्तो छ सहमति


 

 

कमेन्ट गर्नुहोस्