त्रिविका उपकुलपति खनियाँसहित ४३ जनालाई कारबाही हुने

काठमाडौं, साउन ११ । बिहीबार सरकार र डा. गोविन्द केसीबीचको सहमतिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित ४३ जनालाई दुई महिनाभित्र कारबाही गर्ने बुँदा पनि समावेश छ ।

चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाहीको प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने सम्झौता भएको छ।

पूर्वाधार नपुगेका मेडिकल कलेजलाई नियमविपरीत सम्बन्धन दिन सिफारिस गरेको र दिएको आरोपमा त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाँ, शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठी, रजिस्ट्रार डिल्ली उप्रेतीलाई बर्खास्त गर्न र भविष्यमा सरकारी लाभका पदमा नियुक्त नगर्न सिफारिस गरेको छ। यस्तै आरोपमा त्रिभुवन विश्वविद्यालय, आईओएम र मेडिकल काउन्सिलका गरी विभिन्न ४० जिम्मेवारलाई पनि कारबाही सिफारिस गरिएको छ। नयाँपत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्