डा. केसीको आइसीयूमा उपचार हुँदै

काठमाडौं साउन ११ । २७ दिनसम्म आमरण अनशनमा बसेका डा. गोविन्द केसीको आईसीयूमा राखेर उपचार भइरहेको छ । शिक्षण अस्पतालको १ नम्बर शैयामा अहिले उनको उपचार भइरहेको हो ।

२७ दिनसम्मको अनशनले शरीरका सबै अंग पुरानै अवस्थामा फर्किन हप्ता १० दिन लाग्ने डाक्टरले बताएका छन् । २७ दिनको अनशन पछि डा.केसी र सरकारबीच विहीबार सहमति भएको हो ।

उनको उपचारको जिम्मेवारी त्रिवि शिक्षण अस्पतालकै डाक्टर दिव्या सिंहलाई दिइएको छ । मिर्गौला रोग विशेषज्ञ उनी प्रधानमन्त्री केपी शर्मा ओलीका पनि निजी डाक्टर हुन् । डा. केसी र सरकारबीचको सहमति भएसँगै देशभरका आवासीय डाक्टरले आन्दोलन फिर्ता गरेका छन् । आजदेखि सबै डाक्टर काममा फर्किएका नेशनल रेसिडेन्ट डाक्टर्स एसोसियसनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्