भोकका कारण तीन बालिकाको मृत्यु

नयाँ दिल्ली, साउन ११ । भोकका कारण भारतको राजधानी दिल्ली स्थित मंडावलीमा तीन बालिकाको ज्यान गएको पुष्टि भएको छ । दुई वर्षकी सुक्का, चार वषकी पारुल र आठ वर्षकी मानसीको भोकको कारण ज्यान गएको हो ।

उनीहरुको भोककै कारण ज्यान गएको पोष्टमार्टमबाट पनि पुष्टि भएको छ । गएको शनिबार मंडावली पुगेका बालिकाको मंगलबार सुतेकै अवस्थामा ज्यान गएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्