खुशीको खबरः सुनको भाऊ घट्यो !

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला मूल्य ५६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो

बिहीबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार ४०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला मूल्य ५६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने यथावत नै रहेको छ ।

बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो भने आजपनिचाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्