६५ वर्षपछि उत्तरकाेरियाद्वारा अमेरिकी सैनिकका शवका अवशेष फिर्ता

काठमाडौं, साउन ११ । उत्तर कोरियाले सन् १९५० को दशकमा कोरियाली युद्धताका ज्यान गुमाएका अमेरिकी सैनिकहरूका शवका अवशेषहरू फिर्ता पठाउने प्रक्रिया प्रारम्भ गरेको ह्वाइट् हाउसले जनाएको छ।

उत्तर कोरियाले सन् १९५० देखि चर्किएको कोरियाली युद्धका बेला मारिएका अमेरिकी सैनिकका शवका अंश ठानिएका अवशेषहरू अमेरिका फिर्ता पठाएको छ। वासिङ्टन र प्योङयाङबीच कूटनीतिक प्रयासहरू अघि बढिरहेका बेला उत्तर कोरियाले पछिल्लो कदम चालेको हो।

याे पनि पढ्नुस  उत्तर कोरिया अझै पनि खतरा : जापान

एक अमेरिकी विमानले उत्तर कोरियाको वोन्सान विमानस्थलबाट ती शवका अवशेषहरू दक्षिण कोरियास्थित अमेरिकी सैन्य अखडा पुर्‍याएको बताइएको छ । शवका ती अवशेषहरूलाई दशकौँदेखि आफ्ना आफन्तको पार्थिव शरीरको प्रतीक्षा गरिरहेका आफन्तहरूले स्वागत गर्ने छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच जुन महिनामा भएको शिखर बैठकका बेला कोरियाली युद्धमा मारिएका अमेरिकी सैनिकहरूका शवका अवशेषहरू फिर्ता पठाउनेलगायतका द्विपक्षीय सहमति भएका थिए।

याे पनि पढ्नुस  अमेरिकामा एक नेपालीसहित तीन जनाको हत्या

सन् १९५० देखि १९५३ सम्म चर्किएको कोरियाली युद्ध सकिएको ६५ वर्षगाँठको बेला उत्तर कोरियाले पछिल्लो कदम चालेको हो। त्यो युद्धका बेला अमेरिकाले आफ्ना ५,३०० सैनिकहरू गुमाएको थियो। ती मध्ये हजारौँको अवस्था अज्ञात छ।

अहिले ठ्याक्कै कतिजना सैनिकहरूका शवका अवशेषहरू उत्तर कोरियाबाट फिर्ता पठाइएको छ त्यो प्रष्ट भइसकेको छैन। उत्तर कोरियाबाट प्राप्त अवशेषहरूको परीक्षणपछि मात्र ती अमेरिकी भूमिमा फिर्ता पठाइने भनिएको छ।

याे पनि पढ्नुस  सडकमा मोबाइल फोन प्रयोग गर्न नपाइने, गरे जरिवाना !

ह्वाइट हाउसले अमेरिकी सरकार उत्तर कोरियाको काम र सकारात्मक परिवर्तनको क्रमबाट उत्साहित भएको प्रतिक्रिया दिएको छ।

कमेन्ट गर्नुहोस्