दम्भ र अहंकारको सिंहासनमा बसेको सरकार जनमत सामु झुक्यो : रिजाल

काठमाडौं, साउन ११ ।

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले दम्भ र अहंकारको सिंहासन बसेको सरकार जनतासामु झुक्न बाध्य भएको आरोप लगाएका छन् । दिउसाे १ बजेबाट सुरु भएको प्रतिनिधि सभाको बैठकमा उनले सरकारले डा. गोेविन्द केसीका मागप्रति ढिलै भएपनि सहमति गरेर जनमतको कदर गरेको बताए ।

सांसद रिजालले मन्त्रीले डा. केसीसँग भएको २२ बुँदे सहमति संसदमा पेश गर्नु पर्ने र त्यो संसदको सम्पत्ति बन्नु पर्ने बताए । उनले दम्भ र अहंकारकाे शासन नचल्ने बताउँदै  डा. केसीले राखेका माग, शिक्षा विधेयक, माथेमा आयोगको प्रतिवेदनले उठाएका विषय र जनलोकले समर्थन गरेको बाटो सरकार हिड्नु पर्ने सुझाव दिए ।

आजको बैठकमा डा. केसीसँग भएको २२ बुदे सहमति संसदलाई जानकारी गराउने र संसदमा विचाराधिन रहेको चिकित्सा शिक्षा विधेयक छलफलका लागि सदनमा पेश गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्