त्रिशूली बस दुर्घटना : ६ जनाकाे मृत्यु, २३ जना घाइते [अपडेट]

धादिङ, साउन ११ ।

काठमाडौँबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ६ जनाकाे मृत्यु भएकाे छ । बस दुर्घटनामा २३ जना घाइते भएका छन् ।  घाइतेकाे उपचार भरतपुर मेडिकल कलेज र गजुरीमा उपचार भइरहेकाे छ ।

चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना ६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूली नदीमा खसेको थियो ।  बस दुर्घटनामा ज्यान गुमाउनेमा २ जना महिला, ३ जना पुरूष र एक बालक भएपनि उनीहरुको सनाखत हुन सकेको छैन ।

(फाइल फाेटाे)

कमेन्ट गर्नुहोस्