हेर्नुहोस् यो मन छुने भिडियो

एकदिन छात्राहरु पढ्ने एउटा विद्यालमा एकजना छात्राको लेख्ने कलम हराउँछ र उसले आफ्नो शिक्षिकालाई त्यसको बारेमा जानकारी गराउँछिन ।

त्यसपछि उक्त शिक्षिकाले सबैको झोला चेक गर्न थाल्छिन् तर एकजना छात्राले आफ्नो झोला चेक गर्न दिन मान्दिनन् ।

यतिकैमा शिक्षिका रिसाएर झोला खोस्न खोज्दा त्यो सानो छात्रा भुइँमा लड्छिन र पनि उसले अनुरोध गरिरहेकी हुन्छिन कि मैले कलम चोरेको छैन तर मेरो झोला चेक नगर्नु भनेर यतिकैमा शिक्षिका रिसाउँदै गर्दा पछाडिबाट प्रिन्सिपल आइपुग्छिन र उसले त्यो दृश्य देखेर शिक्षिकालाई रोक्दै त्यो छात्रालाई अफिसमा बोलाउँछिन ।

त्यसपछि त्यो छात्राले आफ्नो झोला खोलेर देखाउँछिन्, बास्तबमा त्यो झोलामा चोरेको कलम होइन । बरु अन्य छात्राहरुले खाएर फालेको खानेकुरा एउटा झोलामा जम्मा गरेर राखेको हुन्छ ।

त्यो देखेर प्रिन्सिपलले सोध्छिन कि किन यो फालेको खानेकुरा जम्मा गरेको भनेर सोध्दा उसले घरमा खाना पर्याप्त नहुने हुनाले आफ्नो बुवा आमाको लागि उसले त्यो फालेको खानेकुराहरू जम्मा गरेर लैजाने गरेको बताउँछिन यो देखेर प्रिन्सिपलले करुणाले त्यो बच्चालाई अँगालोमा बाँध्छिन ।

यो एउटा अरबी कथा हो र यो भिडिओलाई अन्तर्राष्ट्रिय पुरस्कार पनि मिलेको रहेछ।

कथाको सार भनेको हरेक मानिसले खानाको महत्व कति हुन्छ भनेर बुझ्न जरुरी छ किनकी यो दुनियाँमा अझैपनि कतिपय मानिसहरु छन् जसले दुई छाक पनि खान पाउदैनन् । त्यसैले खाना कदापी खेर नफालौ ।

https://www.facebook.com/rakesh.pant.9822/videos/594396707597589/

साभारः फेसबुकबाट

कमेन्ट गर्नुहोस्