प्रियंका र निक जोनसबीच इन्गेजमेन्ट, कहिले हुँदै छ विवाह

पूर्वविश्व सुन्दरी एवं अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसबीच अब विवाह हुने पक्का भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार प्रियंका र निकबीच मग्नी (इन्गेजमेन्ट) भएको छ । दुई महिनाकाे डेटिङपछि उनीहरु विवाह गर्नै निर्णयमा पुगेको बताइएको छ ।

‘पीपुल डटकम’ अनलाइनका अनुसार १८ जुलाई, प्रियंकाको ३६ अाैं जन्म दिनका दिन लन्डनमा उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक स्रोतका अनुसार निकले न्र्योयकको टिफनी स्टोरमा प्रियंकाका लागि औंठी किनेका थिए ।

‘जोनसका नजिकका नातेदारका अनुसार इन्गेजमेन्टपछि निक निकै खुशी छन् । निक यसअघि केहिल्यै पनि यति खुशी थिएनन् । साँच्चै प्रियंकासँगको सम्बन्धलाई लिएर निक गम्भीर छन् ।

प्रियंका र निक जोनसले आफूहरुबीचको सम्बन्धका बारेमा गएको जूनमा पहिलाे पटक सार्वजनिक गरेका थिए । तर उनीहरुले अहिलेसम्म आधिकारी रुपमा कुनै टिप्पणी गरेका छैनन् ।

सञ्चारमाध्यमले मग्नी भएको बताए पनि उनीहरुको विवाह कहिले हुँदै छ । त्यसबारेमा भने केही उल्लेख गरेका छैन । मिडियाले उनीहरु छिट्टै विवाह गर्ने मोड र तयारीमा रहेको दाबी गरेका छन् ।

यसबीच बलिउड निर्देशक अली अब्बास जफरका अनुसार शुक्रवार प्रियंकाले फिल्म ‘भारत’ बाट बाहिरिएको घोषणा गरेकी थिइन । उनले प्रियंकाको उक्त फैसलाको विशेष अर्थ रहेको बताए ।

कमेन्ट गर्नुहोस्