भारतद्वारा दुई अर्ब बढीको चेक हस्तान्तरण

काठमाडौं, साउन ११ । भारत सरकारले २०७२ सालमा गएको भूकम्पपछिको पुनिर्माणका लागि करीब तीन वर्ष अगाडि घोषणा गरेको सहयोगको पहिलो किस्ता स्वरुप नेपाल सरकारलाई २ अर्ब १० करोड ४३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

शुक्रबार भारतीय राजदुत मञ्जिवसिंह पुरीले २ अर्ब १० करोड ४३ लाख रुपैयाँको चेक अर्थसचिव राजन खनाललाई हस्तान्तरण गरे । भारतले दिने २५ अर्बको अनुदानको पहिलो किस्तामा यो रकम नेपाललाई प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ ।

भूकम्पपछि सरकारले आयोजना गरिएको दाता सम्मेलनमा भारतले १ खर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग दिने घोषणा गरेको थियो । जसमा ७५ अर्ब सहुलियत ब्याजदरको ऋण र २५ अर्ब अनुदान रकम दिने उसले बताएको थियो ।

भारतले उपलब्ध गराएको उक्त रकम नुवाकेट र गोरखामा निजी आवास निर्माणका लागि खर्च गरिने अर्थमन्त्रालयले जनाएको छ । भारतले पुनर्निर्माणका लागि १ प्रतिशित व्याजदरमा ७५ अर्ब रुपैयाँ ऋण दिने पनि भनेको छ । तर अहिलेसम्म उक्त रकम दिएको छैन ।

चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाकाे पनि उपस्थितत थियाे । भारतले भने निजी आवास र विद्यादयसहित पशुपतिनाथको मन्दिरसँगै अन्य पुरातात्विक सम्पदा पुनर्निर्माणमा चासो देखाएको छ ।

कमेन्ट गर्नुहोस्