राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीद्वारा सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं, साउन ११ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

नेपालको संविधानको धारा ५३ मा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने तथा त्यस्तो प्रतिवेदन संघीय संसद्मा पेश गर्ने व्यवस्था छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, मुख्य सचिव, राष्ट्रपति कार्यालयका सचिव पनि उपस्थित थिए ।

कमेन्ट गर्नुहोस्