सभामुख र उपसभामुख एउटै पार्टीको हुनुहुदैन : देउवा

चितवन, साउन ११ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने बताए ।

चितवनमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले भने, “सभामुख र उपसभामुखमध्ये एउटा छोड्नैपर्छ उहाँहरुले यो हाम्रो मुख्य माग हो ।” डा गोबिन्द केसीसँग भएको सहमति स्वागतयोग्य भएको भन्दै उहाँले कार्यान्वयन गर्न सरकारलाई सुझाव दिए । केसीको माग पूरा गराउन विपक्षी दल काँग्रेसले पनि सहयोग गरेको उनको भनाइ थियो ।

याे पनि पढ्नुस  गाऊँका आमाहरू भेट्दा भावुक भए प्रचण्ड, फोटोफिचर

डेमोक्रेटिक लयर्स एसोसिएसन नेपालको शनिबारबाट गैँडाकोटमा शुरु हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न यहाँ आउनुभएका देउवाले तीनपाङ्ग्रे सवारी चालकले गरेको शान्तिपूर्ण आन्दोलनमा गोली चलाइएको भन्दै विरोध जनाए ।

यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साउन १५ गते गरिने आन्दोलन सरकारको विरोधस्वरुपको टोकन भएको बताए । देशमा महँगी बढेको, जथाभावी कर लगाइएको, भ्रष्टाचार बढेको, सरकार स्वेच्छाचारी ढंगले अघि बढेको उनले आरोप लगाए ।

याे पनि पढ्नुस  प्रचण्डलाई गाली गर्ने कांग्रेस कार्यकर्ता पक्राउ

फरक प्रसंगमा उनले अब हुने महासमिति बैठकले पार्टीभित्रको विवाद सल्टाउने बताए ।

कमेन्ट गर्नुहोस्