दिल्लीमा ३६ गाइको मृत्यु, राज्य सरकारद्वारा छानविन समिति गठन

नयाँ दिल्ली, १२ साउन । भारतको नयाँ दिल्ली स्थित एक गौशालामा २ दिनमा ३६ गाईको मृत्यु भएको छ । मृत्युको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर, गौशालाका एक कर्मचारीले २ दिनयता वाटरपम्प बिग्रेका कारण गाईको मृत्यु भएको हुन सक्ने आँकलन गरे । ती कर्मचारीले गौशाला प्रमुखलाई गाईको मृत्युबारे जानकारी गराउँदा पनि उनले चाँसो नदेखाएको बताए ।

गौशाला प्रमुखले गाइको मृत्युबारे जानकारी नदिदा पशु चिकित्सक पनि कारण खोज्न ढिला आएको कर्मचारीको भनाई छ । यसैबीच दिल्ली सरकारले गाईको रहस्यमय मृत्युबारे जाँच गर्न निर्देशन दिएको छ । निर्देशन लगत्तै अहिले गौशालामा एक पशु चिकित्सकको टोली पुगेको छ ।

मृत्युको कारणबारे चिकित्सकले जाँच गरिरहेका छन् । साथै, मृतक गाइको पोस्मार्टमसमेत गरिने बताइएको छ । यो गौशाला १३ वर्षअघि बनेको थियो । अहिले गौशालामा १ हजार ४ सय गाई छन् । यीनिहरुको हेरचाहका लागि २० जना कामदार राखिएका छन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्