आज तपाइको दिन कस्तो ? हेर्नुस् राशिफल

वि.सं. २०७५ साल साउन १२ गते, शनिबार, इश्वी सन् २०१८ जुलाई २८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन, वर्षा ऋतु। नेपाल संवत् ११३८ दिल्लागा, श्रावण कृष्णपक्ष।

मेष- विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ।

बृष- विभिन्न अवसर प्राप्त हुनेछन् । तर हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा खट्न नसकिएला। कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। तापनि शुभचिन्तकहरूले साथ दिनेछन्।

मिथुन- बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। समयमा गम्भीर नबन्दा दुस्ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। गोपनीयता बाहिरिनाले आँटेको काम रोकिन सक्छ। बाध्यात्मक परिस्थितिले सताउने देखिन्छ।

कर्कट- पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।

सिंह- स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्ने समय छ।

कन्या- परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। खानपानको अवसर प्राप्त भए पनि स्वास्थ्य(चिन्ताले सताउनेछ। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ।

तुला- हतारको निर्णयले काम बिग्रनेछ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्नेछ। खराब व्यक्तिको संगतले बुद्धिभ्रम हुन सक्छ। तापनि पहिलेका कमजोरी भने सुधार गर्ने अवसर प्राप्त हुनेछ।

बृश्चिक- बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। परिस्थितिले साथ दिए पनि ईर्ष्या गर्नेहरूले सताउलान्। मान्यजन तथा अग्रजहरूसँग असमझदारी बढ्न सक्छ। तापनि छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ।

धनु- अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

मकर- काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला।

कुम्भ- आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ। फाइदा नगण्य उठे पनि स्वाभिमान जोगाउन सफल भइनेछ। केही रकम हातलागी भए पनि ऋणभार बढ्ने देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।

मीन- श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्नाले काममा पछि परिनेछ। लाभांश अरूका लागि खर्चनुपर्ने स्थिति आउन सक्छ। तापनि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। -नेपाली पात्रो

कमेन्ट गर्नुहोस्