भारी वर्षाका कारण भारतको उत्तर प्रदेशमा ३३ जनाको मृत्यु

उत्तर प्रदेश, १२ साउन । भारी वर्षाका कारण भारतको उत्तर प्रदेशमा ४८ घण्टामा ३३ जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण अहिले उत्तर प्रदेशका ११ जिल्ला हाइ अलर्टमा राखिएका छन् । सबैभन्दा बढि पश्चिम उत्तर प्रदेशमा भएको छ ।

यस्तै, वर्षाका कारण गाजियाबादको खोडामा पाँच तलाको बिल्डीङ ढलेको छ । यसमा कयौं नागरिक हताहत भएको आशंका गरिएको छ ।

कमेन्ट गर्नुहोस्