करोडौं रुपैयाँ ठगी गर्ने २ जना जेल चलान

काठमाडौँ, १२ साउन । चार करोड १७ लाख ५८ हजार रुपैयाँ ठग्ने दुई अभियुक्त जेल चलान गरिएको छ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्राय गरि चेल चलान गरेको हो ।

ब्यूरोको टोलीले ताहचलमा रहेको साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका लेखा समिति सदस्य रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाई बिहीबार पक्राउ गरी शुक्रबार केन्द्रीय कारागार जगन्नाथदेवल जेल चलान गरेको छ ।

ठगी गरेर फरार रहेको उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको विसं २०७४ वैशाख १७ को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र रु ४७ लाख ६२ हजार २२५ जरिवना सुनाएको थियो ।

को-अपरेटिभमा आकर्षक व्याज र उपहारको प्रलोभनमा पारी निक्षेपकर्ताबाट उक्त रकम हिनामिना गरी आफ्नो नाउँमा घर जग्गा खरिद गरी, निक्षेपकर्ताको साँवा व्याजसमेत फिर्ता नगरी ठगी गरेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए । -रासस

कमेन्ट गर्नुहोस्