रोनाल्डो २ वर्ष जेल जानबाट कसरी जोगिए ? हेर्नुस्

काठमाडौं, १२ साउन । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका छन् । रोनाल्डो पक्षका सल्लाहाकार र कर अधिकारीबीच भएको छलफलका कारण रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका हुन् । १.९ करोड यूरो ट्याक्स छली गरेको आरोपमा स्पेनले उनलाई २ वर्ष जेल तोकिएको थियो ।

स्पेनीस कानुनअनुसार २ वर्ष सम्मको जेल सजाय पाएकाले जेलमा बसिरहनु पर्दैन। यसकारण पनि रोनाल्डो जेल जानबाट बचेका हुन् । पहिलो पटक रोनाल्डो गत वर्षको जुलाइमा अदालत समक्ष पेश भएका थिए । २०१४ मा पनि रोनाल्डोमाथि स्पेनले कर तिर्न आनाकानी गरेको आरोप लगाएको थियो । -एजेन्सी

कमेन्ट गर्नुहोस्