जहाँ छौं त्यहीबाट नेपाल र नेपालीको लागी सोचौं

हिमाल, पहाड तराई भौगोलिक बनावट भएको सुन्दर देशलाई अझै सुन्दर बनाउन हामी सबै लागी परौं । गाँउ, बस्ती, देशबिदेश जहाँ भएपनि हामी नेपाली र हाम्रो नेपाल भन्ने मनन गरौं ।

मध्यपूर्वका विकसित देशहरुमा बैदेशिक रोजगारीको लागि नेपालीहरुले रोज्ने देशहरु मध्य धेरैको रोजाईमा पर्ने देश युएई हो । साधारण कामदारदेखि अफिसरसम्म कार्यरत युएईमा हाल थुप्रै नेपालीहरुले आफ्नै ब्यबसाय गर्ने गरेका छन । टाभल्स, रेष्टुरेन्ट, सुन पसल, ग्रोसरीलगायत बिभिन्न खाले अफिसहरु खोलेर नेपालीलगायत अन्य देशका कामदारहरुलाई समेत रोजगार दिन सक्ने नेपाली ब्यबसायीहरु युएईमा भेटिन थालेका छन ।

उत्तम बिक

झण्डै चार लाख नेपालीहरु रहेको युएईमा युएईबासी नेपालीहरुको एकता अनि सहकार्यमा सामाजिक सेवा गर्ने उद्देश्यले सात दर्जनको हाराहारीमा नेपाली संघ संस्थाहरु खोलिएका छन ।

नेपाल सरकारको मातहतमा रहेको नेपाली दूतावस आबुधाबी बाहेक अनऔपचारिक रुपमा खोलिएका बिभिन्न जिल्लाका जिल्लागत संस्था, जातिय संस्था, राजनैतिक दलका भातृ संगठन, एनआरएनए लगायतका संघ संस्थाहरु मध्य औपचारिक रुपमा दर्ता भएको संस्था भने बिजनेश काउन्सिल र हामी नेपाली एसोसियसन युएई दुई वटा मात्रै रहेको छ । युएई सरकार संग दर्ता नगरी अनऔपचारिक रुपमा खोलिएका भएता पनि युएईमा क्रियाशिल बिभिन्न संघ संस्थाहरुले नेपल र नेपाली प्रति जिम्मेवार भएर सामाजिक काम गर्ने गरेको पाईन्छ ।

बिबिध समस्यामा परेका नेपालीहरुलाई सहयोग गरि उद्धार गर्दै स्वदेश फिर्ता पठाउने, बिभिन्न दुर्घटनामा परेकाहरुको उपचारको लागी आर्थिक सहयोग गर्ने, भिजिट भिषामा अलपत्र परेकाहरुलाई रोजगारीको लागी सहकार्य गरिदिने लगायत मृत्युदण्डको सजाय सुनाईएका नेपालीहरुलाई रकम संकलन गरि ब्लड मनि तिरेर स्वदेश फिर्ता गराउन समेत युएईबासी नेपाली र नेपाली संघ संस्थाहरुले उल्लेखनिय भुमिका खेल्ने गरेका छन ।

अनिस खालिड। राई, रामचन्द्र तिमल्सिना र भर्खरै मात्र एकलाख दिह्राम तिरेर नेपाल फिरेका टोप बहादुर बिक लगायतका पिडितहरुको जिवन बचाउको लागी बिभिन्न अभियान चलाएर निकै सराहनिय काम गर्न सफल युएईमा रहेका बिभिन्न संघ संस्थाहरुको जिम्मेवारी भने दिन प्रतीदिन बढदो छ ।

अनिस खालिड। राई, रामचन्द्र तिमल्सिना र भर्खरै मात्र एकलाख दिह्राम तिरेर नेपाल फिरेका टोप बहादुर बिक लगायतका पिडितहरुको जिवन बचाउको लागी बिभिन्न अभियान चलाएर निकै सराहनिय काम गर्न सफल युएईमा रहेका बिभिन्न संघ संस्थाहरुको जिम्मेवारी भने दिन प्रतीदिन बढदो छ ।

भिजिट भिषामा आएर अलपत्र पर्ने नेपाली देखि मालिक वा कम्पनिबाट ठगिन पुगेका नेपालीहरुको उद्धार गर्ने काम अहिले युएईमा क्रियाशिल संघ संस्थाहरुले गरिरहेका छन । नेपाल सरकार र सम्बन्धित निकायहरुले बिभिन्न नियम कानुन र झन्जटिलो अबस्था देखाएर पन्छियता पनि युएईमा रहेका नेपालीहरुले मानबियता नभुलेकोमा युएईमा कार्यरत नेपालीहरु एकताबद्ध हुने गरेका हुन ।

चाहे पुर्ब, पश्चिम, उत्तर, दक्षिण जुनसुकै ठाउँका भएपनि हामी सबै नेपाली हौं भन्ने भाब युएईमा रहेका नेपालीहरुमा देख्न सकिन्छ । जातजाती, भाषा, धर्म, लिंग, भौगोलिकता भन्दा माथि उठेर मानब र मानवियताको ब्यबहार देखाउने मानिसहरुको सहयोगको कारण युएईमा अलपत्र परि घरको न घाटको अबस्थामा पुगेका धेरै नेपालीहरु स्वदेश फर्किन सफल भएका छन भने यस्तो कार्य निरन्तर चलिरहेको पनि छ ।

बिगत लामो समय देखि युएईमा रहेका नेपालीहरुले नेपाली चाडपर्बहरुमा बिबिध खाले सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेर नेपाली कला संस्कृतिको जगेर्ना गर्दै लामो समय सम्म घरपरिवार बाट टाढा रहन बाध्य नेपाली दाजुभाई दिदिबहिनीहरुलाई मनोरन्जनको साथै नेपाली पनको आभाष दिलाउने गरेका छन भने यस्तै सांस्कृतिक कार्यक्रम मार्फत संकलन भएका रकमहरु स्वदेशमा भैपरि आउने प्राकृतिक प्रकोप तथा दैबिप्रकोपका पिडित, अनाथ, गरिब, बेसाहाराहरुलाई सहयोग गर्ने गरेका छन ।

कतिपय ब्यक्तीहरुको लापरबाहीको कारण कहिलेकाही सामान्य घटनादेखि ज्यानै जाने सम्मको दुर्घटनाहरु पनि बेलाबेलामा हुने गरेको छ त्यसतर्फ युएईबासी नेपालीहरु सजग हुन जरुरी देखिन्छ ।

युएईको नियम कानुनको परिधिमा रहेर काम गर्न र मौसम अनुकुलको जिवनशैली अपनाउनको लागी नेपाली दुतावस आबुधाबी युएई, गैरआवासीय संघ युएई, नेपाली समाज युएई लगायत युएईमा क्रियाशिल बिभिन्न संघ संस्थाहरुले जनचेतना मुलक कार्यक्रमहरु गर्ने गरेका छन । युएईको बिभिन्न प्रान्तहरुमा बिभिन्न समयमा आयोजना हुने जनचेतना मुुलक कार्यक्रमहरुले युएईमा रहेका नेपालीहरुको लागी फाईदा पुगेता पनि कतिपय ब्यक्तीहरुको लापरबाहीको कारण कहिलेकाही सामान्य घटनादेखि ज्यानै जाने सम्मको दुर्घटनाहरु पनि बेलाबेलामा हुने गरेको छ त्यसतर्फ युएईबासी नेपालीहरु सजग हुन जरुरी देखिन्छ ।

युएई बैदेशिक रोजगारीको लागी सुरक्षित गन्तव्य हो । यहाँको नियम कानुनको पालना गरेर काम गरेको खण्डमा कुनै समस्या आउदैन । हरेक कुराको सुरक्षा र सुबिधाहरुको कारण पनि यस देशमा थुप्रै देशबाट कामदारहरु आउने गरेका छन । बिकसीत देश देखि गरिब देशहरुको कामदारको रोजाईमा पर्न सफल देश युएई नेपाली कामदारहरुको लागी सुरक्षित गन्तव्य भएता पनि पछिल्लो अवस्थामा केहि ब्यक्तीहरुको दलाली करणको कारण नेपाली कामदारहरु ठगिने, दुख पाउने र अलपत्र पर्ने गरेका छन् ।

भिजिट भिषा र घरेलु कामदारको भिषामा ब्यबस्थापन हुने हो भने नेपाली कामदारहरुको लागी बैदेशिक रोजगारमा युएई सुरक्षित गन्तव्य हुनेमा कुनै दुईमत छैन ।

नेपाल सरकार र बैदेशिक रोजगार बिभागले घरेलु कामदार र भिजिट भिषामा ब्यबस्थापन गर्ने भन्दै घरेलु कामदार र भिजिट भिषा बन्द गरेपछि एकाएक दलालहरु सल्बलाउन थालेको र धेरै नेपालीहरु ठगिएको संचारका बिभिन्न माध्यम मार्फत बाहिर आउने गरेको छ । लामो समय सम्म सरकार र सम्बन्धित निकायले ब्यबस्थापन गर्न नसक्दा धेरै नेपाली कामदारहरुको रोजगारी गुमेको छ भने धेरै घरेलु कामदारहरु सरकारको ब्यबस्थापन पछि स्वदेश फर्किने आशामा बर्षौं कुरेर बसिरहेका छन् । भिजिट भिषा र घरेलु कामदारको भिषामा ब्यबस्थापन हुने हो भने नेपाली कामदारहरुको लागी बैदेशिक रोजगारमा युएई सुरक्षित गन्तव्य हुनेमा कुनै दुईमत छैन ।

अन्तमा युएईमा रहेका सबै नेपालीहरुको हितमा काम गरिरहेका नेपाली संघ संस्था, नेपाली दूतावस आबुधाबी, गैरआवासीय संघ युएई लगायत बिभिन्न संघ संस्थाहरु एकताबद्ध हुन जरुरी छ । सबै संघ संस्थाहरुको एउटै उद्धेस्य समाज सेवा नै हो । हामी सबै मिलेर नेपल र नेपालीको लागी केहि नयाँ परिबर्तन ल्याउन सके मात्रै हाम्रो समाज र समुदाय बिश्वभर परिचित हुने छ ।

त्यसैले आजैबाट हामी जहाँ छौं त्यहीबाट नेपाल र नेपालीको लागी सोचौं । हिमाल, पहाड तराई भौगोलिक बनावट भएको सुन्दर देशलाई अझै सुन्दर बनाउन हामी सबै लागी परौं । गाँउ, बस्ती, देशबिदेश जहाँ भएपनि हामी नेपाली र हाम्रो नेपाल भन्ने मनन गरौं ।

कमेन्ट गर्नुहोस्