गधालाई पेन्ट गरेर जेब्रा बनाएपछि चिडियाखानाको चर्को आलोचना

मिश्र, पर्यटकहरु एकछिन त हैरान नै भए । अचम्मलाग्दो जनावर देखे उनीहरुले । हेर्दा जीउडाल घोडा जस्तो तर रङ्ग भने पुरै जेब्रा ।

पछि थाहा भयो, यो साँच्चिकै घोडा नै रहेछ , पर्यटकहरुलाई झुक्याउन पेन्टिङ गरेर जेब्रा बनाइएको घोडा ।

घटना मिश्रस्थित एउटा चिडियाखानाको हो । त्यहाँ चिडियाखानाका सञ्चालकले एउटा गधालाई रङ्गले पोतेर जेब्रा बनाएका थिए । तर उनीहरुको यो चालाकी धेरैबेर टिक्न सकेन ।

इजिप्टका एकजना छात्र मोहम्मद ए सरहानीले जू सञ्चालकको यो धोकाको पर्दाफास गरे । उनले त्यो गधाको तस्वीर समेत सोसल मिडियामा पोष्ट गर्दै जेब्राका कान लामा हुँदैनन तर यो जनवारको टाउकोको पनि पेन्टर गरिएको छ भनेर लेखेपछि यो खबर संसारभरि फैलिएको हो ।

जेल प्रशासनले भने यो विषयमा केही बोलेको छैन ।

कमेन्ट गर्नुहोस्