प्रधानमन्त्रीको कांग्रेसलाई प्रश्न- खोइ कता आयो अधिनायकवाद ?

काठमाडौं, साउन १२ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेस अरु एजेण्डा नभएर अधिनायकवाद आयो भन्दै हिँडेको आरोभप लगाएका छन् ।

अन्टुफ र जिफन्ट एकता संयोजन समितिले राजधानीमा शनिबार गरेको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओली,ले भने, ‘सपनामा देखे कि, विपनामा देखे। खोइ, कता आयो अधिनायकवाद ? अरु एजेण्डा केही छैन। अधिनायकवाद आयो भनेर हुन्छ ?’

अनुभवी कम्युनिष्ट नेताले पार्टी र सरकार हाकेको प्रधानमन्त्री ओलीले कुनै एजेन्डा नभएपछि कांग्रेस तिल्मिलाएको बताए । मजदूर वर्गीय आन्दोलनलाई कांग्रेसले अधिनायकवाद नाम दिएको उनले बताए । मजदूरको जीवनमा पहिलेभन्दा धेरै सुधार आएको प्रधानमन्त्रीले दाबी गरे ।

कमेन्ट गर्नुहोस्