महाबलेश्वरमा बस २०० फिट तल खोंचमा खस्दा ३३ जनाको मृत्यु

मुम्बई, साउन १२ । भारत महाराष्ट्रको चर्चित पर्यटकीइस्थल महाबलेश्वरको अम्बेनली घाटको पहाडी बाटोमा शनिबार बिहान करीब १० बजे २०० फिट तल खोंचमा बस खस्दा ३३ जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । बसमा ३४ जना सवार रहेको नवभारत टाइम्स अनलाइनले उल्लेख गरेको छ ।

महाराष्ट्रको रायगड जिल्लाको कलेक्टर विजय सूर्यवंशीले घटनाको पुष्टि गर्दै भने, ‘पोलडपुरमा बस खोंचमा खस्दा बसमा सवार ३४ जनामध्ये ३३ जनाको मृत्यु भएको छ ।’ बसमा सवार सबै कृषि विभाग की विद्यापीठमा काम गर्ने कर्मचारी रहेको र उनीहरु सप्ताहान्त विदामा पिकनिक खान गइरहेका थिए ।

घटनाको सूचना पाउनसाथ नेशनल डिजास्टर रेस्पोन्स फोर्स तत्काल घटनासथल पुगेर उद्दारको शुरु गेरको थियो । बाक्लो कुहिरोको कारण दुर्घटना भएको बताइएको छ । रायगढका प्रमुख जिल्ला अधिकारी र एसपी घटनास्थलमा पुगेका थिए ।

उता महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति शोक व्यक्त गरेका छन् । मुख्यमन्त्रीले ट्वीट गर्दै महाबलेश्वर बस दर्घटनामा ३३ जनाको निधन भएको खबरले दुखी भएको छु ।

उनले मृतकका परिवारजनमा संवेदना व्यक्त गरेका छन् भने घाइतेको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले स्थानीय प्रशासनलाई सबै प्रकारका आपतकालीन प्रयास गर्न निर्देशन दिएका छन् । वरिष्ठ अधिकारी र व्यवस्थापकले आफ्नो तरीकाले त्यसबारेमा काम गरिरहेको उनले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्