आफ्नो निर्णय पुुनर्विचार गर्न मलेसिया सरकारको नेपाललाई आग्रह

काठमाडौं, साउन १२ । मलेसिया सरकारले नेपालले केही समयअघि नेपाली कामदार मलेसिया नपठाउन गरेको निर्णयमाथि पुनर्विचार गर्न नेपाल सरकार समक्ष आग्रह गरेको छ ।

मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगर मेलेसियामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त ले निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन । मलेसिया नेपाली कामदारसहित विदेशी कामदारमै निर्भर रहेको भन्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन ।

नेपाली कामदारले मलेसिया जादा विभिन्न किसिमका शोषण र ठगी भोग परेको भन्दै सरकारले केही सयम अघि वैदेशिक रोजगारीका लागि मलेसिया पठाउन बन्द गरेको छ । मन्त्री कुलाशेगर नेपाली कामदारले भोग्नु परेका समस्याप्रति आफू जानकार रहेको भन्दै त्यसमा सुधार गरिने बताए । साथै उनले विदेशी र स्वदेशी कामदारका लागि ठूलो मात्रामा तलब बृद्धि गर्ने तयारीमा सरकार रहेको पनि बताए ।

नेपालले आफ्ना कामदार पठाउन रोक लगाएपछि मलेसियन सरकारले पहिलो पटक यस विषयमा औपचारिक रूपमा जानकारी दिएको हो।

मन्त्री एम कुलाशेगरले मलेसियाको विदेशी कामदार ल्याउने प्रक्रिया सबै देशहरूमा एउटै भएको र नेपालका विषयमा यसलाई हटाउन नसकिने बताए। त्यस विषयमा उपयुक्त विकल्प खोजी गरिरहेको उनले बताए।

मलेसिया जान भिसा प्रोसेसिङका लागि वन स्टप सेन्टर र भिएलएन नेपालसहित ५७ देशमा छ। भिसा प्रोसेसिङका लागि मलेसियन सरकारले निजी कम्पनीहरूलाई एउटै प्रक्रियाबाट ल्याउन सहमति गरेका कारण नेपालको हकमा पनि त्यसलाई उल्टाउन नसकिने उनले बताए ।

मलेसियामा ठूलो संख्यामा नेपाली कामदार कार्यरत छन् । तर त्यहाँ नेपालीलाई निकै थोरै तलब दिइने गरिन्छ । मलेसियामा नेपाली कामदारले धेरै समस्या भोग्नु परेको भन्दै श्रम, रोजगारी तथा सामाजिक विकास मन्त्री गोर्कण विष्टको पहलमा अर्को व्यवस्था नभएसम्मका लागि मलेसियामा कामदार पठाउन रोक लगाइएको हो ।

कमेन्ट गर्नुहोस्