प्रधानमन्त्रीका उखान र पशुपति शर्माको पानीपुरीमा बनेको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, साउन १२ । गायक अनिश खडका र रिमा गाहाको समय सान्दर्भिक तीज गीत पशुपति दाई सार्वजनिक भएको छ । गीत सप्तक डिजिटल प्रालीको प्रस्तुतीमा बजारमा आएको हो ।

शनिबार राजधानीमा सार्वजनिक गरिएको पशुपति दाईमा प्रधानमन्त्री केपी शर्मा ओलीका उखान टुक्का हानेर चर्चित बनेको, ३३ किलो सुन प्रकरण, नाकाबन्दी, रबि लामिछाने, धुर्मुस सुन्तली लगायतका कुराहरु समेटिएको छ । गीतमा गायक खडकाकै लय रहेको छ । भने आदेश थापाको शब्द रहेको छ ।

अनिष खडकाकै निर्देशन छायांकन सम्पादन रहेको भिडियोमा सुवास बलाल, विना थापाको अभिनय रहेको छ । गीतमा देशमा भएका राम्रा र नराम्रा पक्षलार्इ समेटियको छ ।

कमेन्ट गर्नुहोस्