प्रमुख रेणु दाहाललाई भेटेर सभापति देउवाले दिए भरतपुरलाई नमूना महानगर बनाउन सुझाव

चितवन, साउन १२ । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले भरतपुर महानगरपालिकाको विकास निर्माणलगायत विषयमा मेयर रेणु दाहालसँग जानकारी लिएका छन् ।

भरतपुरको होटल ग्लोबलमा शनिबार महारनगर प्रमुख दाहालसँग छलफल गरेपछि सभापति देउवाले भरतपुरलाई नमुना महानगर बनाउन सुझाव दिएका हुन । स्थानीयस्तरसँग छलफल र सहमति गरेर विकासका काम गर्नुहोस्,’ पूर्व प्रधानमन्त्री देउवाले भने, ‘जनहितका काममा कौग्रेसको साथ हुनेछ ।’

साथै देउवाले भरतपुरका बिकास निर्माणका सबै कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

भेटमा प्रमुख दाहालले भरतपुर महानगरभित्र निर्माण हुन लागेको सभा हल, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, महानगरीय रिगं रोड, लिकं रोडलगायत विकास निर्माणका बारेमा गहन छलफलसँगैं विविध विषयमा जानकारी गराएकी थिइन् ।

भेटघाटपछि दाहालले भनिन्, ‘पूर्वप्रधानमन्त्री देउवा आएर विकासका बारेमा चासो लिदाँ थप हौसला मिलेको छ । जनहितका लागि अवरोध गर्ने कामलाई प्रतिबन्ध गर्नेछु।’

कमेन्ट गर्नुहोस्