क्यालिफोर्नियामा भीषण आगालागी, ४० हजार विस्थापित

एजेन्सी, १३ साउन । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा भीषण डढेलो फैलिदा करिव ४० हजार मानिस विस्थापित भएका छन् । आगलागीबाट विस्थापित ती मानिसहरुलाई अन्यत्र सारिएको छ । यस्तै, डढेलो शुरू भएयता कम्तीमा पाँचजनाको ज्यान गइसकेको छ भने १२ जना हराइरहेका छन्।

ज्यान गुमाएका पाँचमध्ये दुईजना बालबालिका र उनीहरूका हजुरआमा पनि रहेको बताइएको छ । उक्त डढेलोमा बिहीवार दुईजना अग्निनियन्त्रकहरू मारिएका छन् । न्याशनल गार्डसहित हजारौँ आपत्‌कालीन कर्मचारी उक्त क्षेत्रमा आगो नियन्त्रणका लागि खटिएका छन्। डढेलोका कारण पाँच सयभन्दा बढी घरमा क्षति पुगेको छ। अलास्का र टेक्ससबीच उत्तर अमेरिकामा १ सयभन्दा बढी डढेलो लागेको बीबसीले उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्