जनप्रतिनिधि नै खादैनन् दलितले छोएको पानी !

जुम्ला, १३ साउन । गैर दलित जनप्रतिनिधि दलित प्रतिनिधिले छोएको चिया र पानीसमेत खादैनन् । तपाई अचम्ममा पर्नुभयो होला । यो कुरा यर्थाथ हो । तपाई जुम्लाको तातोपानी गाउँपालिकाको बैठकस्थल पुग्नुभयो भने यस्तै दृष्य देख्न पाइन्छ। सामूहिक बैठक बस्ने प्रतिनिधिहरु दलित प्रतिनिधिले छोएको चिया र पानी समेत पिउन मान्दैनन् ।

गाउँमा जातीय बहिष्करणको शिकार बनेका नागरिकसँगै गाउँपालिका बैठकमै माथिल्लो जातका व्यक्तिले पानी छोइदिएको भन्दै खान नमानेको दलित प्रतिनिधि तितो अनुभव सुनाउँछन् ।

दलित भएकै कारण गाउँ कार्यपालिकाको बैठकदेखि विभिन्न सभा सम्मेलनमा समेत सहकर्मीबाटै हेपिएको तितो अनुभव दलित प्रतिनिधिसँग छ । तातोपानी गाउँपालिका ५ की वडा सदस्य दुरुपति नेपाली आफू दलित भएकै कारण सार्वजनिक ठाउँमा कयौंपटक हेपिनुपरेको बताउँछिन् । राजधानी दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्