खाजा पकाउदा आगलागी, बालकको ज्यान गयो

पर्वत, १३ साउन । खाजा पकाउने बेला आगालागी हुँदा पर्वतको मोदी गाउँपालिका–६ तिलाहारस्थित डिमुवाका एक बालकको ज्यान गएको छ । स्थानीय लोकेन्द्रजंग लामिछानेका ११ वर्षीय छोरा एन्जलजंगको ज्यान गएको हो ।

चाउचाउ पकाउने क्रममा एक्कासि सल्किएको आगोले जलेर घाइते भएका लामिछानेको उपचारका क्रममा काठमाडौँ स्थित कीर्तिपुर हस्पिटलमा मृत्यु भएको हो । उनी नवजागृत उच्च मावि तिलाहारमा कक्षा ५ मा अध्ययनरत थिए ।

बिदाको समयमा घरमा बसेका उनी आफैँ खाजा बनाउने क्रममा यस्तो दुर्घटना भएको मोदी-६ का वडाध्यक्ष विमल लामिछानेले जानकारी दिए । उनको काठमाडौंमै दाहसंस्कार गरिएको छ । लामिछानेको निधनले सिंगो विद्यालय र गाउँसमेत शोकमग्न बनेको छ । -रासस

कमेन्ट गर्नुहोस्