पाकिस्तान चुनावबारे भारत भन्छ-‘नयाँ सरकारले आतंकलाई खतम गर्दै सुरक्षित देश बनाअाेस्’

नयाँ दिल्ली, १३ साउन । पाकिस्तानको चुनावबारे भारतले पहिलो पटक प्रतिक्रीया जनाएको छ । पाकिस्तानको नयाँ सरकारले दक्षिण एसियाकै सुरक्षित, स्थिर, आतंक तथा हिंसामुक्त देश बनाउन रचनात्मक भूमिका खेलोस् भन्दै भारतले प्रतिक्रीया जनाएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले शनिबार साँझ भारतले शान्त, समृद्ध तथा प्रगतिशील पाकिस्तान देख्न चाहेको बताए । उनले भने, ‘पाकिस्तानका जनताले लोकतन्त्रमा विश्वास राखेर मत दिएका छन्, जसमा भारत स्वागत गर्दछ ।’

पूर्वक्रिकेटर इमरान खानको पार्टी पाकिस्तानको चुनावमा सबैभन्दा बढि सिट ल्याउँदै विजयी भएको छ । र, प्रधानमन्त्री खान नै बन्ने निश्चित भइसकेको छ । खानको पार्टी तहरिक ए इन्साफ (पीटीआई) ले ११६, नवाज शरीफको पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएलएन) ले ६४ र पूर्व राष्ट्रपति आसिफ अली जरदारीको पाटी पाकिस्तान पीपुल्स पार्टी (पीपीपी)ले ४३ सिट जितेको छ । -एजेन्सी

कमेन्ट गर्नुहोस्