चन्द्रागिरि नगरपालिका वडा नं.४ मा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौ । ‘वातावरण जोगाउ, हरियाली कायम गरौं’ भन्ने मुख्य उद्देश्यका साथ चन्द्रागिरि नगरपालिका वडा नं.४ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोट, टेकानपुर संस्कृति संरक्षण समिति, श्री गणेश देवी वनदेवी सामुदायिक समितिको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरिक्षक अमृतबहादुर बस्नेतले प्रकृतिको संरक्षण गर्ने हरियाली कायम गर्ने र वातावरणलाई सधै स्वच्छ र वातावरणमैत्री समाज निर्माणमा वृक्षारोपण महत्त्वपूर्ण कार्य रहेको बताए । उनले वातावरण र प्रहरीको सम्बन्ध सधै सकारात्मक हुने वताए ।

वृक्षारोपण कार्यक्रममा विभिन्न जातका ७० बिरुवा रोपिनुको साथै स्थानियहरू सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्