बलात्कार आरोपमा प्रहरी नै पक्राउ !

काठमाडौं, साउन १३ । काठमाडौंको कलंकी स्थित आशीर्वाद गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा सशस्त्र प्रहरी बलका दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उपत्यका सुरक्षा कार्यालय सतंगलमा कार्यरत सशस्त्र प्रहरी जवानद्धय रामसरण पोखरेल र चन्द्रबहादुर पछाई रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नागरिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्