डा केसी हत्यारा हुन : सांसद चौधरी

काठमाडौं, साउन १३ । सांसद गंगा चौधरीले डा गोविन्द केसीको अनशनका कारण धेरै मानिसले उपचार नपाएर ज्यान गुमाउनु परेको भन्दै कडा कारबाहीको माग गरिन ।

आइतबार संसदमा चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा गोविन्द केसीको अनसनले गर्दा दाङकै गोविन्द चौधरीको मृत्यु भएको दाबी गरिन । उनले भनिन्, ‘टिचिङले भर्ना नलिँदा उनको मृत्यु भयो । यसको जिम्मा कसले लिन्छ ? काङग्रेसले लिन्छ कि गोविन्द केसीले ? त्यसकारण गोविन्द केसी हत्यारा हुन् उनलाई कारवाही गर्ने कि नगर्ने ?’

‘चिकित्सा शिक्षा विधेयक ल्याउन ढिलो भयो, फेरि पनि विधेयकका विषयलाई लिएर आँखामा छारो हाल्ने काम भयो । १० बर्षसम्म डेण्टल मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने भयो भने गरिबका छोराछोरीले के गर्ने ?,’ उनले प्रश्न गरिन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद चौधरीले मुलुक संघीययतमा गइसकेपछि यसबारे केन्द्र सरकारले नभई प्रदेश सरकारलाई नै निर्णय गर्न दिनुपर्ने पनि बताइन् ।

गएको विहीबार आमरण अनशनरत डा केसीसँग सरकारले ९ नौ बुँदे सहमति गरेको थियो । त्यसपछि शुक्रबार चिकित्सा शिक्षा विधेयक सदनमा पेश गरिएका थियो । उक्त विधेयकमाथि संसदमा आइतबारदेखि सैद्धान्तिक छलफल सुरु भएको हो ।

कमेन्ट गर्नुहोस्