पूर्वी, मध्य र पश्चिमी तराईबाढीको सम्भावना, सतर्क रहन केन्द्रको आग्रह

काठमाडौं, साउन १३ । देशका पूर्वी, मध्य र पश्चिमी तराईका जिल्लाहरुमा बाढी आउन सक्ने संकेत देखिएकाले सो क्षेत्रका नागरिकलाई सतर्क रहन नेपाल बाढी सतर्कता केन्द्रले आह्वान गरेको छ ।

केन्द्रले आइतबार एक सूचना जारी गर्दै ती क्षेत्रमा वर्षा गराउने बादल विकास भएको भन्दै सतर्क रहन आग्रह गरेको हो ।

पूर्वी तराईका मोरङ, सुनसरी, सप्तरी, मध्य भू–भागका मकवानपुर, धादिङ, काठमाडौं र पश्चिम तराईका बर्दिया, कैलाली र त्यस आसपासका खोला र नदीहरुमा पानीको बहाब बढ्न सक्ने भन्दै केन्द्रले सतर्क रहन आग्रह गरेको हो ।

कमेन्ट गर्नुहोस्