महानगरको निर्णयविरुद्ध वीरगञ्जका उद्योगी व्यवसायी सड्कमा

बीरगञ्ज, साउन १३ । कर बृद्धिको विरुद्धमा वीरगञ्जका व्यवसायी आन्दोलित बनेका छन् । बीरगञ्ज महानगरपालिकाले पारित गरेको आर्थिक ऐन २०७५ को विरोधमा वीरगञ्जका उद्योगी व्यवसायीले आइतबार पनि प्रदर्शन गरेका हुन् ।

वीरगञ्जको घण्टाघरबाट सुरु भएको र्‍याली माइस्थान, आदर्शनगर चोक हुँदै वीरगञ्ज महानगरपालिकाको कार्यालय पुगेर टुंगिएको थियो । र्‍यालीका सहभागीहरुले महानगरले वृद्धि गरेको करको विरोधमा विभिन्न नारा अंकित प्लेकार्ड तथा व्यानर बोकेका थिए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश सांसद ओमप्रकाश शर्माले नगर प्रमुख विजयकुमार सरावगीलाई ७ दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएका छन् ।

आर्थिक वर्ष २०७५र७६ का लागि कायम गरेको कर, शुल्क, दस्तुर असूलीको निर्णय पुनरावलोकन गर्न ज्ञापनपत्रमा माग गरिएको छ । वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण नगरवासीको आर्थिक अवस्थालाई मनन् गरी नगरवासीलाई समेत आर्थिक राहत महशुस हुने गरी कर निर्धारण गर्नुपर्ने माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्