विवाहित सुन्दरी सीमा भुर्तेल भइन् ‘मिसेज नेपाल आइकन २०१८’

विवाहित महिलाहरूबीच शनिबार राजधानीमा सम्पन्न सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा सातदोबाटो, ललितपुरकी सीमा भुर्तेल ‘मिसेस नेपाल आईकन २०१८’ भएकी छिन् ।

एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘मिसेज नेपाल आईकन २०१८’ भएबापत विजेताले पुरस्कारस्वरुप स्कुटर पाएकी छिन् । शर्मिलाले प्रमुख उपाधिका साथ ‘मिसेस फोटोजेनिक’ र ‘मोस्ट ट्यालेन्टेड’ उपाधिको विजेता पनि भएकी छिन् ।

गीत संगीतको प्रस्तु्तिका साथ जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा सरु अर्याल ‘फस्ट रनरअप’का साथमा ‘फेशन आइकन’ र ‘मोस्ट डिजरभिङ’, अम्बिका थापा ‘सेकेन्ड रनरअप’का साथ ‘बेस्ट स्पीच’, दया शर्मा ‘थर्ड रनरअप’का साथ ‘मिसेस कन्जिनियालिटी’ तथा प्रिया कार्की ‘फोर्थ रनरअप’का साथ ‘मोस्ट पपुलर’ र ‘मोस्ट फ्रेण्ड्ली’ भएकी छिन्।

गायक अनन्द कार्की, अधिवक्ता तथा अभिनेता कृष्ण ढुंगाना, नेपाल लायन्स क्लबकी प्रथम महिला गर्भनर सुष्मा शर्मा, डा. शान्ता सापकोटा, पुर्ण लामा र हिसानका अक्ष्यक्ष युवराज शर्मा निर्णायक रहेको प्रतियोगितामा अनामिका रंजितकार ‘भ्युअर्स च्वाइस’ र ‘मोस्ट एक्टिभ’, सानु तामाङ ‘मोस्ट ऱ्याम्प वाक’, सरीता सिग्देल ‘मल्टीमिडिया च्वाइस’ र ‘मोस्ट इन्टिलेक्चुअल’, सुष्मा पाठक ‘बेस्ट स्माइल’, राधिका थपलिया ‘बेस्ट हेयर’ तथा जानकी बस्नेत ‘बेस्ट स्किन’ र ‘मोस्ट पंक्चुअल’ घोषित भएका छन्।

काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको प्रतियोगितामा लक्ष्मी लुइटेल ‘आइकनिक आइज’, बिना अधिकारी श्रेष्ठ ‘मोस्ट डिसिप्लेन’, अनिता रानाआले ‘बेस्ट पर्सनालिटी’, मेनुका बोगटी ‘बेस्ट फिजिक’ र ‘बेस्ट पर्फमर’, कमला चुँदारा ‘मोस्ट चार्मिङ’, प्रज्ञा ढुंगेल ‘मोस्ट कन्फिडेन्ट, आशा थापा श्रेष्ठ ‘मिसेस ब्युटीफुल’, अमरावती बलामी महर्जन ‘मेनेजमेन्ट च्वाइस’ र ‘मोस्ट स्टाइलिस्टिक’, रुपाली पौडेल ‘मोस्ट पर्फेक्ट’, अनिता चौधरी ‘मोस्ट पोजिटिभ एटिच्युड’, चन्दा श्रेष्ठ ‘बेस्ट डान्स’ र उमा श्रेष्ठ ‘बेस्ट सिंगर’ भए ।

शम्भु प्रसाद रेग्मीको संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा भएको कार्यक्रममा गायक आनन्द कार्कीले गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। गायक ध्रुब बिस्कोले पनि गीत संगीत प्रस्तुत गरेका थिए। कार्यक्रममा विशेष अतिथि स्वास्थ्य तथा बालबालिका राज्यमन्त्री पद्माकुमारी अर्यालले विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए।

गृहिणी, पेशाकर्मी तथा विभिन्न व्यवसायमा संलग्न तथा कलेजमा अध्ययनरत विवाहित नारीहरुको बौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि हरेक वर्ष यो कार्यक्रम आयोजना गरिँदै आएको ‘एएनपी मिडिया हाउस’का प्रबन्ध निर्देशक लबबहादुर कार्कीले बताए। उनका अनुसार यस वर्षदेखि विजयी प्रतियोगीलाई स्कुटर पुरस्कारको व्यवस्था गरिएको हो।

कमेन्ट गर्नुहोस्