थारु कल्याणकारी सभाको २२ औँ महाधिवेशन असोजमा

काठमाडौं, साउन १३ । नेपालमा रहेका चौधरी-थारु जातिको माउ संस्था थारु कल्याणकारिणी सभाको २२ औं महाधिवेशन असोज ६, ७ र ८ गते काठमाडौँमा आयोजना हुने भएको छ । शनिबार राति अबेरसम्म चलेको केन्द्रीय संचालन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यसभन्दा पहिले कैलाली, बर्दिया, दाङ, रुपन्देही, पर्सा, बारा, रौतहट, सर्लाही, उदयपुर, सुनसरी, मोरङ, झापा लगायतका जिल्लाहरूमा महाधिवेशन सपन्न भैसकेको छ । २२ औं महाधिवेशन चितवनमा आयोजना गर्न थाकस चितवन जिल्ला समितीले केन्द्र लाई अनुरोध गरेको थियो । केन्द्रिय समितिको अधिकांश सदस्यहरूले चितवनमा महाधिवेशन गर्न अनुरोध गरेका थिए । साथै थाकसका पूर्व महामन्त्री राजकुमार लेखीले यो महाधिवेशन कैलालीको टिकापुरमा आयोजना गरी थारुको माग, मुद्दा सशक्त बनाउनुपर्ने लिखित सुझाब दिएका थिए ।

महाधिवेशन आयोजना गर्ने सम्बन्धमा चितवनका सभापति ललित चौधरी र पत्रकार कारी महतोले लिखित र समाजिक सन्जाल मार्फत बारम्बार अनुरोध गर्दै आएका छ्न । कैलाली, रौतहट लगायतका जिल्लाहरूले पनि यस सम्बन्धमा केन्द्रलाई अनुरोध गरेका थिए ।

महाधिवेशनको घोषणा एक महिना अगाडि हुँदा पनि तयारी अगाडि नबढेको कुरा केन्द्रिय समितीकै सदस्यहरूले गुनासो गर्ने गरेका छ्न । थारु बसोबास भएका सबै जिल्लामा जिल्ला समिति, नगर गाउँ युबा विद्यार्थी महिला कानुन ब्यबसायी लगायतको भातृ संस्था हुँदा पनि काम गर्न नसकेको आरोप केन्द्रिय नेतृत्व लाई लाग्दै आइरहेको छ , सामाजिक संजालमा थारुहरु अबको नयाँ नेतृत्व युवाले गर्नुपर्ने आबाज उठाइरहेको छ ।

नयाँ अध्यक्षको उम्मेदवारको नामहरु खासै चर्चामा आउन सकेको छैन भने अहिलेकै अध्यक्ष धनीराम चौधरीले पुन: अध्यक्ष पदमा उम्मेदवारीको लागी प्रयास सुरु गरेका छन । तर अधिकांश जिल्ला समिति अहिले को नेतृत्वबाट असन्तुष्ट रहेको कुरा युवा नेता चन्चल चौधरी बताउँछ्न।

महाधिवेशन आउन जम्मा २ महिनाभन्दा पनि थोरै समय बाँकी रहँदासम्म विभिन्न उपसमिति समेत गठन हुन् सकेका छैनन् । जिल्ला अधिवेशन गर्न बाँकी रहेका जिल्लाहरुलाई २०७५ भदौ १५ गते भित्र जिल्ला अधिबेशन गरिसक्नुपर्ने निर्णय बैठकले गरेको छ ।

दाङ महाधिवेशन देखि युवा, विद्यार्थी, महिला र विदेश शाखा लगायतबाट महाधिवेशनमा प्रतिनिधि पर्यवेक्षक रहने व्यवस्थालाई यसपाली पनि निरन्तरता दिने निर्णय गरिएको छ ।

विक्रम सम्बत २००५ सालमा ‘थारु कल्याणकारिणी’ सभाको गठन भएको थियो । ७० बर्षको लामो इतिहास बोकेको यो संस्थालाई बिगतमा राजावादी भएको आरोप लाग्दै आइरहेको थियो । यस संस्थाका पदाधिकारीहरु विगतमा पटक पटक राजाबाट राजपरिषदमा सभापति र सदस्य अञ्चलाधीश लगायतको उच्च ओहदामा मनोनित हुन् गरेका थिए । थाकसले थारु जातिको उन्नयनम महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्