शिक्षक बन्न लाखौंको निवेदन, ६ वर्षपछि खुलेको थियो विज्ञापन

काठमाडौं, देशमा बेरोजगारीको समस्या कतिसम्म छ भन्ने कुरा शिक्षा सेवा आयोगमा परेका आवेदनबाट प्रष्ट देखिएको छ । शिक्षक सेवा आयोगले माग गरेको तुलनामा २ हजार प्रतिशत बढीले शिक्षकका लागि आवेदन दिएका छन् ।

आयोगले झण्डै छ वर्षपछि खुल्ला प्रतियोगिताबाट पदपूर्तिको तयारी गर्दै १३ हजार शिक्षकको विज्ञापन माग गरेकोमा दुई लाख २५ हजारभन्दा बढी आवेदन परेको छ ।

आयोगले ७५ प्रतिशत आन्तरिकको पदपूर्तिको परीक्षा गत असार अन्तिम साता लिएको थियो ।

विज्ञापनमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी १२ हजार ७ सय ३९ दरबन्दीका लागि आवेदन माग गरिएको थियो । आयोगका अनुसार, २ लाख २५ हजारभन्दा बढीले आवेदन गरेको प्रारम्भिक अनुमान रहेको छ ।

र याे पनि,

शिक्षक सेवा आयोग, कसरी गर्ने होला तयारी (भाग- १)

शिक्षक सेवा आयोग: कसरी गर्ने तयारी ( भाग-२)

शिक्षक सेवा आयोग तयारी: के गर्ने परीक्षाको दिन?

आगामी असोज ११ गतेबाट तीन दिनसम्म हुने परीक्षामा प्राथमिक तहको रिक्त दरबन्दी ९ हजार ९ सय ९६ रहेको छ । त्यसैगरी निमावि तहमा १ हजार ६ सय ३५ र मावि तहका १ हजार १ सय ८ जना पद खाली छन् । शिक्षा शास्त्र विषय पढेर शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) प्राप्त व्यक्तिले प्रतिस्पर्धा गर्न पाउँछन् । आयोगको तथ्यांकअनुसार कार्यरतसहित सात लाख जनाले लाइसेन्स प्राप्त गरेका छन् ।

आयोगका अनुसार, अबको एक वर्षभित्र कुनै पनि अस्थायी शिक्षक नरहने भएका छन । नयाँ कार्यतालिकाअनुसार फागुन–चैतमा विज्ञापन हुने र हरेक ६ महिनामा रिक्त दरबन्दीमा पदपूर्ति गरि वार्षिक तीन हजार जनाको रिक्त पदपूर्ति हुनेछ ।

कमेन्ट गर्नुहोस्