प्रवासी आदिवासी जनजाति महासंघद्वारा कतारमा रक्तदान कार्यक्रम सम्पन्न

दोहा, साउन १३ । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले स्थापना दिवसको अवसरमा दोहास्थित हमाद हस्पिटलमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न्न गरेको छ ।

कार्यक्रमा महासंघ कतारमा आबद्ध ११ वटा जातीय संस्थाहरु नेपाल मगर सघं, शाखा कतार, किरात याक्थुम चुम्लुङ कतार, तमु (गुरुङ) समाज कतार,किरात राई यायोक्खा शाखा कतार, नेपाल प्रवासी तामाङ्ग सेवा समाज कतार, थारु कल्याणकारी सभा च्याप्टर कतार, सुनुवार सेवा समाज, शाखा कतार सहभागी थिए ।

त्यसैगरी, प्रवासी भुजेल समाज कतार, नेवा पुःच कतार, माझि सेवा समाज कतार, नेपाली धानुक समाज कतारबाट रक्तदाताहरुको उपस्थिती रहेको थियो । महासंघ कतारको आह्वानमा कतारमा स्थापित अन्य संघ–संस्थाहरुको पनि कार्यक्रममा सहभागी भएका थिए ।

रह्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका थिए ।

आदिवासी जनजाति महासघ कतारका अध्यक्ष देवराज राईले कार्यक्रमा उपस्थित मातृसंस्था लगायत कतारमा स्थापित अन्य संघ–संस्थाहरुले कार्यक्रममा एकबद्धता जनाउनु हुने सम्पूर्ण संस्था प्रमुख तथा प्रतिनिधीहरु र सामाजिक व्यक्तिप्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गरेको नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका महासचिव शिवकुमार भुजेल जानकारी दिए ।

कमेन्ट गर्नुहोस्