जेलको सफ्टवेयर ह्याक गरेर कैदीहरूले चोरे २ करोड ५० लाख  

वासिंगटन । अमेरिकाको इडाहो कारागारका ३६४ कैदीहरूले कारागारको सफ्टवेयर ह्याक गरेर २ लाख २५ हजार डलर अर्थात लगभग २ करोड ५0 लाख रुपैयाँ चोरेका छन् । उनीहरूले उक्त रकम आफ्ना खातामा ट्रान्सफर गरिएको हो ।

त्यसमा ५० जना कैदीहरूले एक-एक हजार डलर अर्थात लगभग एक लाख रुपैयाँ पाएका छन् भेने बाँकीले ९ हजार ९०० डलर अर्थात् लगभग १० लाख ८८ हजार रुपैयाँ फेला परेको थियो ।

अहिलेसम्म उनीहरूले सफ्टवेयर ह्याक गर्सकने प्रविधि कहाँबाट हातपारे भन्नेबारे भने केही खुलासा हुन् सकेको छैन । हालसम्म उनीहरूबाट ६५ हजार डलर अर्थात लगभग ७१ हजार ४५ हजार रुपैयाँ असुलउपर गरिसकिएको छ ।

इडाहोको जेल विभागका प्रवक्ता जेफ रेका अनुसार, ” जेपे नाम गरेको एउटा निजी फर्मले कैदीहरूलाई एउटा-एउटा मोबाइल फोन जस्तो कुनै उपकरण दिएको थियो । यसका माध्यमले कैदीहरूले रकम ट्रान्सफर, म्युजिक तथा गेम डाउनलोड गर्नुका साथै घरमा रहेका आफ्ना आफन्तसित कुरा गर्न सक्थे ।

यसका अतिरिक्त यसै प्रणालीमार्फत जेल प्रशासनले उनीहरूले गरेको श्रमको पारिश्रमिक समेत उनीहरूको खातामा पठाउने गर्थ्यो । कैदीहरूले जेपेको सिस्टममा केही खराबी ल्याइदिए । जसले गर्दा कारागारले उनीहरूलाई दिने पारिश्रमिक बढेर आउन थाल्यो र यसरि अढाई करोड रुपैयाँ बराबरको रकम उनीहरूको खातामा ट्रान्सफर हुन गयो ।

सामान्यतया: कैदीहरूलाई मोबाइलफोनजस्ता सुविधाहरू उपलब्ध गराइन्न । तर इडाहो जेलका कैदीहरूको आचरण सुधार्ने उद्देश्यले उनीहरूलाई यो डिभाइस दिइएको थियो । यस महिनाको सुरुमै उनीहरूलाई जेपे सिस्टमबारे सिकाइएको थियो ।

उक्त कम्पनीका प्रवक्ता जेड ट्रोम्बेटाका अनुसार जेपे कम्पनीले कैदीहरूलाई उनको परिवार र साथीहरूसँग कुरा गर्न सहयोग गर्ने गर्दछ । यसको मद्दतले उनीहरूले शैक्षिक कार्यक्रम र मनोरंजनात्मक कार्यक्रमहरू समेत हेर्न सक्छन् । यसले गर्दा कैदीहरूको आचरण दुरुस्त रहिराख्ने गर्दछ । उनी भन्छन्, “हामी यो डिभाइसलाई अझै सुरक्षित बनाउनेछौं ।”

हाल उक्त कमपनीले यस डिभाइसमा रकम ट्रान्सफर, म्युजिक तथा गेम डाउनलोड जस्ता सुविधा बन्द गरिदिएको छ र यसलाई अहिलेका लागि इमेल सम्म गर्न सकिनेमा सीमित राखिएको छ ।

कमेन्ट गर्नुहोस्