कतारमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

दोहा, साउन १३ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार अन्तर्गतको ‘सुरक्षा तथा जनचेतना अभिवृद्धि समिति’को आयोजना र कान्तिपुर मेडिकल सेन्टरसंँगको सहकार्यमा शुक्रबारका दिन एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

उक्त शिविरमा २३२ जना नेपाली कामदारले स्वास्थ्य परीक्षण गरेको आयोजकले जनाएको छ । शिविरमा सहभागी भई आफ्नो स्वास्थ्य परिक्षण गराई स्वास्थ्य लाभ लिनुहुने कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनी हरूलाई एनआरएनए एनससी कतार हार्दिक वधाई तथा धन्यवाद व्यक्त गर्दछौं ।

स्वास्थ्य जस्तो अति संवेदनशील विषयमा विशेष गरि नेपालीहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले कतारमा स्थापना भएको कान्तिपुर मेडिकल सेन्टरलाई सुरक्षा तथा जनचेतना अभिवृद्धि समितिले विशेष धन्यवाद दिएको छ ।

कमेन्ट गर्नुहोस्