यस्तो बन्यो मिस्टर भर्जिनको ट्रेलर

काठमाडौं, साउन १३ । तीन यूवाको यौन मनोविज्ञानको कथामा बनेको चलचित्र ‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रका कलाकार र केहि विशेष अतिथिहरुको उपस्थितिमा राजधानीको क्युज सिनेमा हलमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

३.१० मिनेट लामो ट्रेलर सार्वजनिक कार्यक्रमा उपस्थित कलाकार र पत्रकारले राम्रो प्रतिक्रिया दिएका छन् । यसअघि नै चलचित्रको टिजर र दुईवटा गीत टुल्की र पैसा फेक तमाशा देख बोलको आइटम गीतले राम्रो बजार पिटेका छन् ।

वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै निर्देशकले केहि पृथक बिषयमा काम गरेकाले दर्शकहरु हलसम्म आउनेमा ढुक्क रहेको बताए ।

चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको कथा्पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आर।जेको सङ्गीत रहेको छ ।

‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् । चलचित्र मिस्टर भर्जिन यही भाद्र १ गतेबाट प्रर्दशनमा आउनेछ ।

कमेन्ट गर्नुहोस्