चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई स्वागत गर्न आतुर छौं : प्रधानमन्त्री

काठमाडौं, साउन १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको यातायात र पारवहन सन्धिलाई चाँडै कार्यान्वयनमा लैजाने पक्षमा बताए ।

प्रधानमन्त्री ओलीले चीनका उपविदेशमन्त्री वाङ याजुनसँग आज भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले भने, ‘दुई वर्ष पहिले चीनसँग गरिएको यातायात तथा पारवहन सन्धिलाई हामी छिट्टै निष्कर्षमा पु¥याउँदैछौं । भूपरिवेष्टित देश भएकाले यो सन्धिमार्फत हामी समुद्रसम्म आफ्नो पहुँच बढाउन चाहन्छौँ ।’

याे पनि पढ्नुस  अफ्रिकी महादेशमा चिनियाँ लगानी राजनीतिक स्वार्थप्रेरित छैन : चिनियाँ राष्ट्रपति

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि चीन फिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिनुभएको छ । ‘हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्च तहको राजनीतिक भ्रमण हुनु पनि आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने, ‘चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा स्वागत गर्न हामी आतुर छौँ ।’

याे पनि पढ्नुस  OMG! आमाबुवाको निधन भएको ४ वर्षपछि बच्चा

सो अवसरमा उपविदेशमन्त्री वाङले नेपाल–चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताउँदै गत महीना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल–चीन सम्बन्धका थुप्रै आयामका बारेमा सहमति भएकाले त्यसलाई कार्यान्वयन गर्नका लागि चीन आतुर छ भन्नुभयो । ‘सरकार सरकारबीच र जनस्तरबाट पनि नेपाल र चीनबीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमा त्यसलाई उपयोग गर्नुपर्छ’, वाङले भने।

कमेन्ट गर्नुहोस्