मलेसियामा दिलबहादुर बचाउ आर्थिक संकलन अभियान सम्पन्न

मलेसिया, साउन १३ । इच्छा र चाहानाको भेलबाढीसहित सहयोगी मनहरु जुटेमा जस्तोसुकै अक्करहरु पनि सहजै पार लाग्छन्। समय र परिस्थितिलाई दोष थुपार्ने बतास चलेको यो बखत मलेसियामा पसिना बगाइरहेका नेपाली युवाहरुले धन हुने तर मन नहुनेहरुलाई व्यबहारबाटै चुनौती दिएका छन्।

दिनभर साहुको मजदुरिमा हत्केला घोटेर जोहो गरेको रकमबाट केही भाग छुट्याएर दुखमा परेका एक नेपाली युवाको जीवन रक्षाका लागि सहयोग गरेकाछन्। यिनै श्रमिकहरुको सक्दो सहयोगमा लक्ष नजिक पुगेको ‘दिलबहादुर घर्ती बचाउ आर्थिक संकलन अभियान मलेसिया’ ले आफ्नो अभियानको विधिवत अन्त्य गरेको छ।

आइतबार मलेसियाको राजधानी क्वालालम्पुरमा एक कार्यक्रमका बिच अभियान समापन गरिएको हो। ब्लडमनि तिर्न नसक्दा साउदीमा जेल जीवन बिताइरहेका रोल्पाका दिलबहादुर घर्तीलाई बचाउने उदेश्यले अभियानको थालनी गरिएको थियो।

नेपालका विभिन्न ठाउँबाट रोजगारीको लागि मलेसिया आएका श्रमिकहरुको प्रयत्नमा हालसम्म साढे छ लाख बढि नेपाली रकम पिडितका श्रीमती मनिका घर्तिको खातामा पठाइएको अभियानका सदस्य रुपधन घर्ती ‘शुकुमारले जानकारी दिनुभएको छ।

दिलबहादुरलाई साउदी अरबको अदालतले सवारी दुर्घटनाका कारण स्थानीय नागरिकको ज्यान गएको अभियोगमा मृत्यु दण्डको सजाय सुनाएको थियो।

नेपाली जनप्रगतिशील मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डेको रोहबरमा अभियान को समापन गर्दै अन्तिम किस्ता स्वरुप नेपाली १ लाख २६ हजार ७ सय ६४ रुपैयाँ पीडित दिलबहादुरकी श्रीमती मनिका बुढा मगरको नाममा हस्तान्तरण गरिएको हो।

पहिलो र अन्तिम किस्ता गरेर जम्मा ६ लाख ७५ हजार ९ सय ६३ रुपैयाँ पीडितका श्रीमती मनिकालाई हस्तान्तरण गरिएको मलेसिया स्थित मुल समितिका सदस्य अर्जुन घर्ती मगरले जनाउनु भएको छ।

अभियानमा हरेक हिसाबले हातेमालो गर्नुहुने सहयोगी हात र अभियानलाई सहयोग पुगोस् भन्ने हेतुले रकम सम्प्रेषण गरे बापत लाग्ने शुल्क नलिई नि: शुल्क रकम पठाउन सहयोग गर्ने मलेसिया स्थित आईएमइलाई दिलबहादुर घर्ती बचाउ अभियान मलेसियाले कृतज्ञता व्यक्त गरेको छ। साथै समापनसम्म आउँदा अभियानलाई सहयोग पुर्‍याउने सहयोगिहरुको विवरण यसरी उल्लेख गरिएको छ।

१) पृथ्वी प्रकाश राना मगर – आर एम ४,७००/-
२) सुर्य बहादुर घर्ती मगर- आर एम ३,,६२८/-
३) गोबिन्द क्षेत्री महरा – आर एम ३,००७/-
४) रुपधन घर्ती मगर – आर एम २,६५२/-
५) अर्जुन घर्ती मगर – आर एम २,५५९/-
६) रामप्रसाद पुन मगर – आर एम १,५१०/-
७) शान्त राज बुढा मगर – आर एम १,२००/-
८) राजकुमार बुढा मगर – आर एम १,१५२/-
९) अमृत डाँगी – आर एम १,०१५/-
१०) चन्द्र घर्ती मगर – आर एम ९६६/-
११) प्रकाश पुन मगर – आर एम ४००/-
१२) प्रतव घर्ती मगर – आर एम ३२०/-
१३) अभियानको पहिलो दिन संकलित रकम – २ हजार २०३ रिंगिट
जम्मा रकम – २५,३१२ आर एम (नेपाली ६ लाख ७५ हजार ९६३ रुपैयाँ)

कमेन्ट गर्नुहोस्