“इनास आबुधाबी क्षेत्रीय समितिको दोश्रो अधिवेशन सम्पन्न” अध्यक्षमा सागर क्षेत्री चयन

युएई ,साउन १३ ।नेपाली कला, सँस्कृति, भाषा, साहित्य, गीत, संगित आदिको उत्थानमा सदैव चाख राख्ने युएईमा वैदेशिक रोजगारी तथा अन्य सिलसिलामा कार्यरत नेपालीहरूको साझा संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, इनास आबुधाबी क्षेत्रीय समितिको दोश्रो अधिवेशन जुलाई २७ तारिख शुक्रबार अल शामा रेष्टुरेण्ट मुसफाको सभाहलमा सम्पन्न भएको छ।

एनआरएन यूएईका केन्द्रिय सदस्य तथा समाजसेवी केशव नेपाल प्रमूख अतिथि रहनुभएको उक्त अधिवेशनमा कुशल व्यवसायी तथा समाजसेवी कमल न्यौपाने विशिष्ट अतिथि, निवर्तमान अध्यक्ष भिम घिसिङ्ग अधिवेशन सभापति तथा केन्द्रिय प्रतिनिधि राम तामाङ्ग निवार्चन समिति संयोजकको रूपमा उपस्थिती रहेको थियो ।

प्रमुख अतिथी केशव नेपालले वैदेशिक रोजगारीमा आएर जोखिमपूर्ण काम गर्दै समाज सेवामा अग्रसर हुने नेपाली कलाकारहरूको उत्साह र जाँगरलाई जति नै प्रशंसा गरेपनि कम हुने बताउनु भयो भने विशेष अतिथि कमल न्यौपानेले नेपाली भाषा, संस्कृति र कलाको क्षेत्रमा इनासले विश्वव्यापी रूपमा पाएको ख्यातीको प्रशंसा गर्नुहुँदै पुरानो कार्यसमितिको कामको उच्च मुल्याङ्कन गर्दै नयाँ कार्यसमितिलाई पनि त्यो भन्दा राम्रो गर्न हौसला प्रदान गर्नु भयो ।

इनास आबुधाबीका विभिन्न पदाधिकारीहरूको स्वागत मन्तव्यसंगै दोश्रो सत्रमा प्रस्तुत भएको कार्यपत्र, प्रगति विवरण र आर्थिक विवरण केन्द्रिय महासचिव तथा निर्वाचन समिति संयोजक राम तामाङ्गले विधाननुरूप निर्वाचन पद्धति र संस्थागत धारणा राखे संगै बन्दसत्रमा प्रवेश गरेको थियो ।

दोस्रो सत्रको कार्यक्रममा सबै प्रतिवेदन सर्वसम्मत पारित भए पश्चात सोहि दोस्रो सत्रबाट सागर क्षेत्रीको अध्यक्षतामा ४१ सदस्य समिती सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षहरुमा वरिष्ठ उपाध्यक्ष कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष पदम खालिङ्ग राईं र द्वितीय उपाध्यक्ष अस्मत घिमिरे चयन भएका छन् । महासचिवमा सन्दिप लामा, सचिवमा संजिना तामाङ्ग, कोषाध्यक्षमा खुश्मा बहादुर खड्का, मनिष तथा सहकोषाध्यक्षमा निश्मा लगुन चयन भएका छन्।

महिला विभाग प्रमूखमा विष्णु राईं र उप प्रमूखमा अमृता तामाङ्ग चयन भएका छन् भने सदस्यहरूमा भोला श्रेष्ठ, राजु घले, हेलेन राउत, हरि मोक्तान, वाशु पुरी, विमल विक, सोपन सागर पान, विकी सुडी, अभिषेक गुरूङ्ग, भोज श्रेष्ठ, जीवन मगर, कमला गोले, तारा गोले, सुरज श्रेष्ठ, प्रविन निरौला, सानु स्मिथ, कावाङ्ग डोल्मा घलान, पंकज घले, संजिव त्रिखत्री, विवेक लिम्बु, विष्णु गिरी, कृष्ण मल्ल, रिदम पोखरेल, रामचन्द्र शर्मा, दिनेश घले, राजकुमार खडका, भवानी थापा, कृति लामा, प्रिया गुरूङ्ग चयन भएका छन। समितिको सल्लाहकारमा संदिप ग्याबा तामाङ्ग र हरि खडकाथोकी चयन भएका थिए भने संरक्षकमा समाजसेवी कमल न्यौपाने, समाजसेवी केशव नेपाल मनोनित हुनुभएको छ।

निर्वाचित कार्यसमितीलाई इनास ग्लोबलका केन्द्रिय सल्लाहकार मनोज गोर्खालीले बधाईं तथा शुभकामना फोन मार्फत व्यक्त गरेका थिए भने निर्वाचन समिति संयोजक राम तामाङ्गले सपथ ग्रहण गराएका थिए।

एसिया संयोजक आशिष पुरूष, युएई अध्यक्ष रेखा घिमिरे लगायतले कार्यसफलताको शुभकामना फोन मार्फत दिएका थिए । निर्वाचित समितिका अध्यक्ष सागर क्षेत्रीले समितीलाई अझ शसक्त रूपमा समाजको मूल मर्म र भावना अनुसार अघि बढाउने प्रतिबद्दता ब्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्