एमसिसीविरुद्ध नेपालको शानदार जित, वर्षाका कारण नेदरल्याण्ड्सँगको खेल भने रद्द !

काठमाडौं, १४ साउन । मौसम खराब भएका कारण क्रिकेटको मक्का मानिने इंल्याण्डको लर्डर्स मैदानमा भइरहेको नेपाल र नेदरल्याण्डबीचको खेल स्थगित भएको छ। पटक-पटक पानी परेपछि प्रतियोगिता स्थगित भएको हो ।

त्रिकोणीय प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्याण्डबिरूद्ध टस जितेर पहिले बलिङ गरिरहेको थियो। तर, समयसमयमा वर्षा पर्न थालेपछि खेल रद्द गरिएको हो । खेल रोकिनु अघि नेदरल्याण्डले १६.४ ओभरमा ४ विकेटको क्षतीमा १७४ रन बनाएको थियो।

नेपालका लागि करन केसी, बसन्त रेग्मी र सोमपाल कामीले १ १ विकेट लिएका थिए।  नेदरल्याण्डसँग खेल्नु अघि वर्षाका कारण नेपाल र एमसिसीबीचको खेल ६ ६ ओभरमा झारिएको थियो ।

जसमा नेपालले शनदार जित हात पारेको थियो । पहिलो खेलमा नेपालले एमसीसीलाई ९ विकेटले पराजित गरेको गर्यो । यस्तै, नेदरल्याण्डले एमसीसीलाई ६ रनले हराएको थियो। नेपाल र नेदरल्याण्डको यो प्रतियोगितालाई आइसिसिले अन्तर्राष्ट्रिय टी ट्वान्टीको मान्यता दिएको छ। तस्वीरः रमन सिवाकोटीबाट

कमेन्ट गर्नुहोस्