नेकपाको हातमा जोशीको प्रधानन्यायाधीश पद !

काठमाडौँ, साउन १४ । दीपकराज जोशी प्रधानन्यायाधीश हुने नहुने नेकपाको हातमा रहेको छ । कसरी जोशीको पद नेकपाको हातमा छ ? कारण यस्ता छन्, १५ सदस्यीय समितिमा सत्तारूढ दलका १० सांसद छन् । उनीहरूले चाहे जोशीको नाम अस्वीकारसमेत गर्न सक्छन् ।

सांसदहरूको एकमत बनाउन र पार्टीको निष्कर्ष दिन प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताले संसदीय सुनुवाइका क्रममा जोशीमाथि उठेका प्रश्न र समितिमा रहेका दलका सांसदहरूको राय बुझिरहेका छन् ।

शैक्षिक प्रमाणपत्र र केही फैसलाहरूमा प्रश्न उठेको, समितिमा सांसदले सोधका प्रश्नको जवाफ राम्ररी दिन नसकेको र अदालतको सुधारका कुनै योजना पेस नगरेको भन्दै समितिका सदस्यहरू जोशीप्रति सन्तुष्ट हुन सकेका छैनन् । गत बिहीबार जोशीको सुनुवाइ भएपछि प्रधानमन्त्री ओलीसहितका नेताहरूले समितिका सदस्य र सम्बन्धित क्षेत्रका विज्ञहरूसँग परामर्श गरेका छन् ।

परामर्शका क्रममा अधिकांश नेकपा सांसदहरूले जोशीबारे सन्तोषजनक जवाफ दिएनन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आइतबारसम्म सांसदहरूलाई समितिले ‘आफ्नो विवेक पुर्‍याओस्’ भन्ने जवाफ दिएका छन् । तर समितिका सदस्यहरू पार्टीको धारणा कुरेर बसेका छन् । आज (सोमबार) दिउँसो २ बजे बैठक राखिएकाले सम्भवतस् त्यसअघि मात्र नेकपाले पार्टीको धारणा सांसदहरूलाई दिनेछ । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्